

शनिवार नेकपा माओवादी केन्द्रको देशभरका स्थानीय तहमा नगरसभा



कपिलवस्तु नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत शनिवार देशभरका स्थानीय तहमा सम्मेलनको तयारी रहेको छ । कपिलवस्तुका दश वटै स्थानीय तहमा नगर सम्मेलनको तयारी पुरा भएको जिल्ला संयोजक विष्णु शाहले बताउनुभयो । जिल्लाका सबै वडा वाट छानिएका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने उहाँले बताउनुभयो । शिवराज नगर कमिटीले सम्मेलनको तयारी पुरा गरेको छ ।
शिवराज नगरपालिका वडा ३ सुपा देउराली रिसोर्टमा हुने सम्मेलन वाट नयाँ नेतृत्व चयन हुने नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो । सम्मेलनलाई सव्य भव्य बनाउन सबैको सहयोग रहने बताउँदै पार्टीलाई गतिशील बनाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सबै वडाका झन्डै ५ सय नेता कार्यक्रता सहभागी हुने अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै बुद्धभुमि नगर कमिटीले पनि सम्मेलनको तयारी पुरा गरेको छ । नगर कमिटी सचिव रावेन्द्र कुमार ठाकुरका अनुसार सम्मेलनलाई व्यवस्थित बनाउन केही दिन अघि देखि नै तयारी गरिरहेको बताउनुभयो । ४ सय बढी कार्यक्रता सहभागि गराउने तयारी भइरहेको ठाकुरले बताउनुभयो । अन्य पालिकाका कमिटीहरूले पनि सम्मेलनको तयारी गरिरहेका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया