

कांग्रेस कपिलवस्तु : क्षेत्र नम्बर १ सभापतिमा अब्दुल मन्नान खाँ विजयी



कपिलवस्तु ।
कपिलवस्तुमा जारी नेपाली कांग्रेसको १४ आँै महाधिवेशन अन्तरगत संघीय निर्वाचन क्षेत्रको मत परिणामा सार्वजनिक भएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १मा सभापतिका उमेद्धार अब्दुल मन्नान खाँ विजयी हुनुभएको निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।
मन्नान खाँले २९९ मत ल्याँउदै सभातिका अर्का उमेद्धार टेक बहादुर साहिलाई पराजित गर्नुभएको हो । शाहीको जम्मा २७९ मत आएको निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो ।
यस्तै क्षेत्र नम्बर १ बाट आशिस शर्मा, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुषाल, राजेश आचार्य, राजेश सिंह विष्णु प्रसाद न्यौपाने , हिमलाल पौडेल,खस अर्या तर्फ मित्रसेन घिमिरे लगाएत विभिन्न पदमा विजयी हुनुभएको छ ।
यस्तै जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा केही विवादका कारण आज मात्रै मतगणना सुरु हुनेभएको छ । यस्तै क्षेत्र नम्बर ३ मा कार्यसमितिको मत गणना भएको छैन त्यहाँ प्रतिनिधिहरको मत गणना भईरहेको जानकारी ई साझाले पाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया