
योग्यताको कदर नहुनुमा दोष कस्को ?

प्रेरक प्रसंग ।
बुद्धका एकजना किशोर नाम गरेका चेला थिए । उनलाई सँधै आफ्नो जीवन सुखी र आनन्दमय बनाउँने भन्ने चिन्ता हुन्थ्यो । बुद्धको निकट रहेर पनि उनमा समाधान नभएका प्रश्नहरुको चाङ हुन्थ्यो । बुद्धले कोशिस नगरेका होइनन् । बुद्धले आफ्नो लागि आफै ज्ञानको खोजी गर नभनेका होइनन् । तर, किशोरले सम्झे पो ।
एकदिन तिनै किशोरले बुद्धलाई भनेछन्, “गुरुज्यु १ ममा केहि क्षमता वा योग्यता नभएको होइन तर मानिसहरुबाट कदर हुन सकेन । मलाई यहि कारणले मेरो मनमा सँधैको असन्तुष्टी कायम रहिरह्यो ।” बुद्धले सुनिरहे मात्रै । केहि जवाफ दिएनन् ।
केहि दिन बिते । बुद्धले किशोरलाई निकट बोलाएर एउटा चम्किलो ढुंगो जस्तो वस्तु दिए । र भने, “बजारमा गएर यसको सकेसम्म धेरै मोल थाहा पाएर आउ ।” किशोर छक्क परे । गुरुले अचम्मको जिनिश बेच्न लगाए भनेर उनमा आश्चर्य भरिएको थियो । यद्यपि गुरुको वचन काट्न भएन । उनी चम्किलो ढुंगोको मोल थाहा पाउँन भनेर हिड्न लागे । उनलाई रोक्दै बुद्धले भने, “किशोर यो सामानको मोल मात्रै थाहा पाउँनु । बेच्न चै नबेच्नु है ।”
“हवस्” किशोरले भनेँ तर बाटो भरि बुद्धको आदेशको अर्थ नबुझेर उनी रनभुल्लमा थिए ।
यत्तिकैमा किशोर स्याउ व्यापारीकोमा पुगेछन् । स्याउ व्यापारीलाई चम्किलो ढुंगो देखाएर दाम लगाउँन भने । स्याउ व्यापारीले भन्यो, “१२ वटा स्याउ दिन्छु । ढुंगो मलाई दिएर जाउ ।”
“म अरु मोल बुझेर आउँछु ।” किशोरले यति जवाफ फर्काएर हिडेँ ।
जाँदै गर्दा बाटोमा तरकारी व्यापारी भेटियो । उनले उसै गरि चम्किलो ढुंगो देखाएर दाम लगाउँन भने । तरकारी व्यापारीले एक बोरा आलुको साटो ढुंगो दिन भन्यो । किशोर त्यहाँबाट पनि अगाडी बढे ।
उनी सुनारेकोमा पुगे । सुनारेले घुमाइ घुमाइ चम्किरहेको ढुंगो हेर्यो । उसको आँखामा ढुंगोप्रतिको आकर्षण प्रस्ट देखिन्थ्यो । उसले किशोरलाई भन्यो, “एक लाख दिन्छु । मलाई देउ ।” किशोरले मानेनन् । सुनारेले मोलमलाइ गर्दै ५ लाखसम्म पुर्यायो । ५ लाख भन्दा माथि दिन नसक्ने भन्दै सुनारेले चम्किलो ढुंगो किशोरको हातमा फर्काइदियो ।
किशोर ढुंगोको दाम सुनेर छक्कै परे । यो ढुंगो केहि विशेष हो भन्ने उनले अनुमान लगाए । उनी हिड्दै गर्दा त्यस्तै चम्किला ढुंगा सजाएर बेच्न राखिएको पसल छेउ पुगे । उनले त्यो पसलमा पनि यसको मोल सोध्ने विचार गरे ।
पसलेले चम्किलो ढुंगो देख्ने बित्तिकै आँखा उज्यालो बनायो । ढुंगोप्रति सम्मोहित भएर पसलेको अनुहार रातो देखियो । उसले त्यो ढुंगालाई गुलाबको फूल जस्तो हल्का गरि हातमा लियो । रातो मलमलको रुमाल ओछ्यायो र त्यो माथि चम्किरहेको ढुंगोलाई राखेर निकै बेर हेरिरह्यो । र, किशोरतिर हेर्दै भन्यो, “म यो रत्नको मोल गर्नै सक्दिन । मैले मेरो जीवनकाल भरि यति राम्रो, ठुलो रत्न देखेको त के सुनेको पनि थिइन ।” पसले रोकिएन, “यो रुवी हो । मेरो पसल बेच्ने हो भने करोडौँको मोल आउँछ तर मेरो सबै पसल दिदा पनि यसको मुल्यको एकछेउ भेट्दैन ।”
पसलेले रातो मलमलको रुमाल भित्रै बेरेर रुवी किशोरलाई फर्काइदिदै भन्यो, “यो कहाँबाट पाउँनु भयो महोदय रु यो त्यहि लगेर जिम्मा लगाउँनुहोला । यो क्षेत्र त के, यो देशकै कुनै पसलले यो रत्न किन्ने ल्याकत राख्दैनन् ।”
किशोरको आश्चर्यको सिमा रहेन । उनी रुवी चोरिन सक्ने डर र प्रश्नहरु उत्सुकताले हावाको गतिमा बुद्ध भए ठाउँमा पुगे । उनले बुद्धलाई एकै सासमा सुनाए कि स्याउ व्यापारीले यसको लागि १२ वटा स्याउको मोल राख्यो । तरकारी व्यापारीले एक बोरा आलु दिने भन्यो । सुनारेले ५ लाखसम्म दिन सक्ने गरि मोलमलाइ गर्यो । अन्तिममा, हिरा व्यापारीले त दाम गर्नै सकेन । उसले यो रुवी अनमोल भएको र कसैले किन्नै नसक्ने भन्ने दाबी गर्यो ।
किशोरले रुवी बुद्धको हातमा राखिदिदै भनेँ, “गुरु १ यसको अर्थ के हो रु यो रुवीको वास्तविक मोल कति हो त रु”
बुद्धले मुस्कुराउँदै भने, “स्याउ पसलेका लागि यो रुवीको मुल्य १२ दाना स्याउ हो । तरकारी पसलेका लागि एक बोरा आलु । सुनारेका लागि ५ लाख । हिरा व्यापारीका लागि अनमोल ।” किशोरका केशमा हात मुसार्दै बुद्धले भने, “बाबु किशोर १ यो रुवी त सबै व्यापारीको अगाडी उहि थियो । रुवीको मोलमा फरक पारेको उनीहरुको योग्यताले हो । उनीहरुले आफ्नो योग्यता, ज्ञान र क्षमताका आधारमा यसको मुल्य तोके ।”
बुद्धले अगाडी भने, “तिमीले मलाई केहि दिन अगाडी आफ्नो क्षमता वा योग्यताको कदर नभएको बताएका थियौ । तिम्रो योग्यता र यो रुवीको मोल उस्तै हो । मानिसहरुले आफ्नो योग्यता र क्षमताका आधारमा कदर गर्ने हुन् । उनीहरुबाट आफ्नो कदर भएन भनेर रुवीले त आफ्नो स्वभाव बदल्दैन भने तिमी मानिसले कसरी आफ्नो स्वभाव बदल्न सक्छौ रु कसरी त्यहि चिन्तामा पर्न सक्छौ रु तिमी आफु सँधै त्यही रुवी जस्तो हौ । बदल्ने भए परिस्थिती बदल । ताकि तिम्रो योग्यता बुझेर कदर गर्न अरु पनि योग्य बनुन् ।”
बुद्धका कुरा सुनेर किशोरको मनको प्रश्न समाधान भयो । किशोरले आफैले मानिसहरुले मोल गर्ने सक्ने क्षमताका बारेमा अनुभव गरेका थिए ।
यसैले जान्नु पर्ने कुरा के हो भने तपाई आफुमा भएको योग्यता र ज्ञानमा निखार ल्याउँनु मुख्य हो । त्यसको कदर भयो कि भएन भन्ने कुराले तपाईको विशेषता र गुणहरुको मापदण्ड तय हुन सक्दैन । कुनै समय वा स्थानमा तपाईको योग्यताको पक्कै पनि कदर हुनेछ ।
आफुले उचित कदर नपाएको वा स्थान नपाएको भन्ने चिन्ताले धेरै योग्यहरु निराश भएर बाटो बदलेका छन् । फरक विधामा अवसर खोज्ने भएर आफुभित्रको प्रतिभालाई मारेका छन् । सफलता कसैको भिक्षास्वरुप प्राप्त हुने कुरा होइन । यसका लागि प्रतिक्षा र लगनशिलता चाहिन्छ । तपाई त्यसका लागि आफुलाई तयार राख्नुहोस् ।
अरुको योग्यताले प्राप्त हुने कदर वा सम्मानलाई आफ्नो योग्यता जाँच्ने कसी नबनाउँनुहोस् । तपाई जे हुनुहुन्छ, फरक हुनुहुन्छ । तपाईले जति जान्नु भएको छ, त्यो भन्दा अथाह जान्न बाँकी छ । आफुलाई त्यो बाटो तिर लैजानुस् ।
हरेक मानिसका लागि हरेक समयमा बुद्ध आएर प्रश्नको जवाफ दिदैनन् । आफ्नो जवाफ आफैले, आफ्नो अवसर आफैले र आफ्नो उज्यालो पाटो आफैले खोज्नु पर्छ । साभारः सकारात्मक सोचबाट ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया