

एमालेले बनाउँदै छ ५० लाख खर्चेर मञ्च



काठमाडौं ।
नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको मञ्च अत्याधुनिक निर्माण गरिँदैछ। मञ्च निर्माणमा मात्रै ५० लाख रुपियाँ खर्च हुने भएको छ। मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने, “हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौँ। स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपियाँ खर्च हुँदै छ।”
१२० फिट लम्बाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुने उनले जानकारी दिए । चारवटा खण्ड रहने मञ्चको मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरू बस्नेछन्। त्यसपछि दायाँ र बायाँ भागमा केन्द्रीय सदस्यहरू बस्ने र मञ्चको अगाडि रहेको भागमा कलाकारहरूले प्रस्तुति दिने छन्। कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकै पटक ७२ जना कलाकारको आर्केस्ट्रा ९धुन दिने उपकरण०बाट राष्ट्रिय गानको धुन बजाइने छ। मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन्। जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ। गोरखापत्रमा खबर छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया