

कांग्रेस अधिवेशन : कपिलवस्तुको प्रदेश १(क) मा ५० जनाको मनोनयन दर्ता



राजेन्द्र खनाल, बाणगंगा ।
नेपाली कांग्रैसको आसन्न १४ औँ राष्ट्रिय महाधिवेशनले नेपाली कांग्रेस कपिलवस्तुमा सरगर्मी बढेको छ । कपिलवस्तुमा वडा र नगर अधिवेशन सकिएसँगै प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र सहित जिल्लाको अधिवेशनको दौडमा कांग्रेस कार्यक्रताहरु छन् ।
निर्वाचन तालिका अनुसार आज कपिलवस्तुमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मुख्य दिन हो । नेपाली विशेष गरी पार्टी सभापति शेरबहादुर देउवा प्यानल र बरिष्ठ नेता रामचन्द्र पोडेल प्यानल गरी दुई प्यानलमा नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश निर्वाचन क्षेत्र १ को क मा मनोनयन दर्ता भईसकेको नेपाली कांग्रेसले जनाएको छ । यहाँ मुख्य दुई प्यानलबाट विभिन्न पदमा ५० जनाले उमेद्धारी दर्ता गराएका छन् ।
सभापति पदका लागि दुई छुट्टाछुट्टै प्यानलबाट दुर्गाबहादुर केसी र मंगल प्रसाद थारुको उमेद्धारी परेको छ भने उप सभापति पदका लागि कृष्णमुरारी ज्ञवाली, कृष्ण प्रसाद पोख्रेल, कृष्णबहादुर कार्की र सत्यनारायण थारुले उमेद्धारी दर्ता गराएका छन् । यस्तै सचिव पदका लागि चार जानको उमेद्धारी दर्ता भएको छ । दलबहादुर थापा क्षेत्री, रामबली चौधरी, विष्णु मल्ल र सम्भुप्रसाद चौधरीले मनोनयन दर्ता गराएका हुन । सह सचिवमा खिमानन्द घिमिरे, अब्दुल हक फकिर, दिपक कुँवर, र रामबिहारी चौधरीको मनोनयन दर्ता भएको नेपाली कांग्रेस नेता प्रेमनारायण पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसको निर्वाचन कार्यतालिका अनुसार मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र मंसिर १० गते जिल्ला अधिवेशनका लागि उमेद्धारी दर्ता हुने छ । कपिलवस्तु जिल्ला अन्तर्गत आज छ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ ।
सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलग अलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ । अधिवेशनको माहौल सुरु हुँदै सामाजिक संजाल फेसबुक मार्फत युवा पुस्ताले पनि उम्मेदवारी दिने घोषणा गरेका थिए । तर प्यानलगत चुनावी रणनिति बने सँगै धेरैले उमेद्धारी फिर्ता पनि गरेका छन् ।
यसैबिच कपिलवस्तु क्षेत्र नम्बर २ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल अच्युतले मनोनयन दर्ता गरेका छन् । निर्वाचन मण्डलका सदस्य कुल मण्डल भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धी सँग सामना गर्नु पर्ने भएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन । आफुले कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको नेता अर्यालले बताए । संस्थापन देउवा पक्ष र पौडेल पक्षले युवाको उम्मेदवारी रोक्न दबाब दिए पनि अर्याल भने निर्वाचनमा होमिएका हुन ।
यसैबिच उता कांग्रेस कपिलवस्तुको अगामी नेतृत्वका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
जिल्लाका सबै पालिकामा चुनावी प्रक्रियाबाट नेतृत्व छनौट भईरहेका बेला कांग्रेस कपिलवस्तुको सभापतिका लागि नेताहरु राजेश आचार्य, सुधाकर पाण्डे र अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यी तीन जना नेताले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन । पूर्व जिल्ला पार्टी सभापति भएका आचार्य र पाण्डेयले यस पटक फेरी पार्टीको जिल्ला नेतृत्व लिने दाउमा छन भने कलाम वर्तमान उप(सभापति भएका कारण स्वभाविक रुपमा आफु सभापतिको उम्मेदवार रहेको बताउँदै आएका छन ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया