उमेद्धारी दर्ता गराउँदै कांग्रेसको चुनावी मैदानमा होमिए विद्यार्थी नेता अर्याल

कपिलवस्तु । नेपाली का‌ंग्रेसको शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन दर्ता भएको छ । कपिलवस्तुको छ निर्वाचन क्षेत्रमा शुक्रबार मनोनयन दर्ताको क्रम सुरु भए सँगै प्यानलगत र प्यानल बाहिरबाट पनि उमेद्धारी दर्ता भएको छ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलगअलग गुट बनाइ उम्मेदवारी दर्ता भईरहेका बेला कपिलवस्तु क्षेत्र नं। २ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता निर्वाचनमा होमिएका छन् ।

नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल (अच्युत) ले आफ्नो मनोनयन दर्ता गरेका हुन् । निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धीसँग अब नेता अर्यालले सामना गर्नुपर्ने भएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन् ।

कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताए । उम्मेदवारी घोषणा गरेपछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए ।

प्रतिक्रिया

खबर सबै