

उमेद्धारी दर्ता गराउँदै कांग्रेसको चुनावी मैदानमा होमिए विद्यार्थी नेता अर्याल



कपिलवस्तु । नेपाली कांग्रेसको शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन दर्ता भएको छ । कपिलवस्तुको छ निर्वाचन क्षेत्रमा शुक्रबार मनोनयन दर्ताको क्रम सुरु भए सँगै प्यानलगत र प्यानल बाहिरबाट पनि उमेद्धारी दर्ता भएको छ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलगअलग गुट बनाइ उम्मेदवारी दर्ता भईरहेका बेला कपिलवस्तु क्षेत्र नं। २ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता निर्वाचनमा होमिएका छन् ।
नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल (अच्युत) ले आफ्नो मनोनयन दर्ता गरेका हुन् । निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धीसँग अब नेता अर्यालले सामना गर्नुपर्ने भएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन् ।
कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताए । उम्मेदवारी घोषणा गरेपछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया