

दाङमा डाेजर पल्टिँदा चालककाे ज्यान गयाे

दाङ
दाङमा आज बिहान डाेजर पल्टिँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
डाेजर पल्टिँदा चालक दाङ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विककाे ज्यान गएकाे हाे। यस्तै डाेजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएकाे हाे ।
बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिएकाे बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया