

नेकपा माओवादी केन्द्र कपिलवस्तुको वडा सम्मेलनको लागि जिम्मेवारी बाँडफाँड



कपिलवस्तु
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । बुधवार गोरुसिगेमा बसेको बैठकले केन्द्रीय निर्देशन अनुसार जिल्लामा पार्टीलाई थप मजबुत बनाउने र आगामी ४ गते हुने वडा सम्मेलनको तयारी सँगै जिम्मेवार बाँडफाँड समेत गरिएको छ ।
बैठकमा दश वटै पालिकाका अध्यक्ष तथा प्रतिनिधिले सदस्यता नवीकरणको विषयमा रिपोर्टिङ गरेका थिए । जिल्लामा हाल सम्म ७ हजार सदस्यता अनलाइनमा ईन्ट्री भइसकेको र १ हजार इन्ट्रीको तयारीमा रहेको जिल्ला कार्यालय सचिव सरोज खनालले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कमल चुदालीलले पार्टीको विधान,निर्वाचन कार्यविधि बमोजिम मङ्सिर ४ गते वडा सम्मेलन गर्न निर्देशन दिनुभयो । स्वच्छ रूपमा निर्वाचन गरी नयाँ नेतृत्व सहित पार्टीलाई थप मजबुत बनाउनुपर्ने जिकिर गर्नुभयो ।
बैठकले वडा सम्मेलनको लागि सम्पूर्ण जिल्ला सदस्य र पालिका अध्यक्ष तथा इन्चार्जलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला संयोजक रामचन्द्र शाह(विष्णु)ले बताउनुभयो । सम्मेलनको तयारी पुरा भएकोले आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।
बैठक जिल्ला संयोजक रामचन्द्र शाहको अध्यक्षता,जिल्ला इन्चार्ज कमल चुदालीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार सदस्य रामलौटर तिवारी,ज्येष्ठ कम्युनिस्ट मंन्चका केन्द्रीय सदस्य भानुप्रकाश श्रेष्ठ,नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे,प्रदेश सदस्य जनी बन्जाडे,सत्यनारायण त्रिपाठीको सहभागितामा भएको बैठकको सञ्चालन जिल्ला कार्यालय सचिव सरोज खनालले सञ्चालन गर्नुभएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया