

नेकपाको बन्द : कपिलवस्तुमा दर्जनबढी कार्यक्रता पक्राउ



ई साझाकुरा, कपिलवस्तु ।
पेट्रोलीयमा पदार्थमा भएको मूल्य बृद्धीको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टीद्धारा घोषित नेपाल बन्दको प्रभाव कपिलवस्तुमा आशिंक रुपमा परेको देखिएको छ । कपिलवस्तुका प्राय सबैजसो बजार क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ ।
बन्द गराउन सडकमा निस्किएका नेकपाका नेता तथा कार्यक्रताहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएस्पी धर्मराज भण्डारीका अनुसार जिल्लाको बाणगंगा स्थित जितपुर चोकबाट सबैभन्दा बढि ९ जना पक्राउ परेका छन् । यस्तै बुद्धभुमि नगरपालिका स्थित गोरुसिँगे, चन्द्रौटा लगाएतका विभिन्न स्थानबाट गरि बिहान ८ ः ३० बजे सम्म १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता समेत रहनुभएका डिएसपी भण्डारीले जानकारी दिनुभयो ।
नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी कमल के.सी, अनेरास्ववियु क्रान्तिकारीका संयोजक विज्ञान क्षेत्री लगाएतका १६ जना पक्राउ परेका हुन ।
यसैबिच उता नेकपा जिल्ला इन्र्चाज पदम के.सीले आफुहरुले जनताको हितका लागि उठाएका सवालमा प्रहरीले धरपकड गरेको बताउनुभएको छ । पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिएसम्म आफूहरु कडा रुपमा प्रस्तुत हुने समेत उहाँले बताउनु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया