

दोस्रो लहर सुरु भएपछि पहिलो पटक कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झर्याे



काठमाण्डाै
नेपालमा कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमुना परीक्षण गर्दा जम्मा दुई दशमलव ५० प्रतिशत अर्थात् तीन सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको आज पहिलो पटक हो । आज थपिएका तीन सय १७ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै थप दुई सय ७९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ ।
यही अवधिमा थप ६ जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६६ पुगेको छ ।
अहिले नेपालमा सात हजार पाँच सय ३५ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया