

आखिर के हो आईफोन पछाडिको यो कालो थोप्लाको काम ?



काठमाडौं
यदि तपाईंसँग आईफोन १२ प्रो तथा प्रो म्याक्स अथवा आईफोन १३ प्रो तथा प्रो म्याक्स प्रयोग छ भने पक्कै पनि क्यामेरा एर्रेसँगै कालो थोप्लो रहेको कुरा त पक्कै पनि विचार गर्नु भएकै होला । यदि तपाईंले ख्याल गर्नु भएको छैन भने यहाँ माथिको तस्वीरमा आईफोन १३ प्रो म्याक्स हेर्न सक्नुहुन्छ ।
क्यामेरा एर्रे भित्रै रहेको हुँदा यसको काम के होला भन्ने अनुमान लगाउन तपाईँका लागि एउटा आधार चाहिँ हुनसक्छ । पक्कै पनि यो क्यामेरा नै हो । वास्तवमा यो स्क्यानर हो ।
लाइट डिटेक्सन र रिङ्गको लागि लिडार रहेको हुन्छ । यसबाट इन्फ्रारेड लाइट जल्छ र आफ्नो वरिपरिको थ्रीडी तस्वीरका लागि उक्त लाइट प्रयोग गर्छ । आईफोनले पोट्रेट मोड जस्तै क्यामेरा ट्रिक्सको लागि डेप्थ म्याप तयार पार्न लिडार स्क्यानर प्रयोग गर्छ ।
जसले अटोफोकसको स्पिड बढाउन समेत सहयोग पुर्याउँछ । यति मात्र होइन, निश्चित एपअनुसार यसले थप धेरै काम पनि गर्न सक्छ । उदाहरणको लागि थ्रीडी स्क्यानर एपलाई नै लिनुहोस् ।
यसले स्क्यान गर्न, थ्रीडी फाइल एडिट गर्न, अब्जेक्ट मापन गर्न र अरुसँग थ्रीडी फाइल शेयर गर्ने जस्ता काम गर्छ । लिडार स्क्यानरलाई उपयोग गर्ने अर्को एप क्यानभासः लिडार थ्रीडी मेजरमेन्ट पनि हो ।
यदि तपाईं आफ्नो घरलाई रिमोडेलिङ अथवा पुनर्निर्माण गर्दै हुनुहुन्छ भने यो एपले मापनका लागि यसले तपाईंको थुप्रै समय जोगाइदिन सक्छ । प्रयोग गर्न सहज मात्र होइन, यसबाट नतिजा पनि गज्जबको निस्किन्छ ।
आगामी दिनमा एप्पलले एआर प्रविधिमा हात हालेपछि लिडार क्यामेराले थप काम गर्न सक्ने अपेक्षा गर्न सकिन्छ । तैपनि हालका लागि यस्ता थुप्रै एप छन्, जसले लिडार क्यामेरा प्रविधिको माध्यमबाट तपाईँका लागि थुप्रै नवीनतम् र आनन्ददायी सहजता दिन सक्छन् ।
- टेकपानाबाट साभार


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया