

किन हुन्छ आफैले कमाएको पैसाको बढी महत्व ? एक प्रेरक प्रसंग


कडा मेहनतबाट आर्जन गरेको थोरै पैसाको पनि धेरै महत्वपूर्ण हुन्छ । जसले यो कुरा बुझ्दछन्, उनीहरू केवल आवश्यक चीजहरूमा मात्र खर्च गर्छन् । सोचविचार गरेर खर्च गर्दा धेरै समस्याहरूबाट बच्न सकिन्छ । यस सम्बन्धमा लोक कथा प्रचलित छ ।
पौराणिक कथा अनुसार धेरै पहिले एक जना लोहार थियो । उसको छोरो जहिले पनि अनावश्यक चिजमा खर्च गर्ने गथ्र्यो । लोहारको काम राम्रो चल्थ्यो । त्यसकारण ऊ सँग पैसाको अभाव थिएन । घरमा पनि कुनै समस्या थिएन, तर ऊ आफ्नो छोराका कारण दुःखी थियो । उसको छोराले जहिले पनि चाहिने भन्दा बढी खर्च गर्थ्यो । एक दिन उसको बुबाले छोरालाई भने तिमीले आफ्नै मेहनतबाट दिनको १० रुपैयाँ कमाउनु पर्छ । जुन दिन तिमीले १० रुपैयाँ ल्याउन सक्दैनौ त्यस दिन तिमीलाई खाना दिइने छैन ।
भोलिपल्ट छोरा दिनभर घुम्यो, तर उसले कुनै काम गरेन । जब साँझ घर पुग्यो उसले आफ्नो बुबालाई सम्झियो । ऊ तुरुन्तै आफ्नी आमा कहाँ गयो । आमाले छोरालाई १० रुपैयाँ दिइन् । जब उसको बुबा घर फर्के उसले बुबालाई १० रुपैयाँ दियो । बुबाले १० रुपैयाँ लिएर त्यसलाई भट्टीमा हाले । यो प्रक्रिया दैनिकी नै बन्यो । छोराले दिनहुँ आमाबाट १० रुपैयाँ लिने गथ्र्योे र बुबालाई दिन्थ्यो । बुबाले त्यो पैसा भट्टीमा हालिदिन्थे । एक दिन उसकी आमाले छोरालाई पैसा दिन मानिनन् । अब छोरालाई बुबालाई १० रुपैँयाँ कसरी दिने भन्ने समस्या पर्यो ।
ऊ बजारमा काम खोज्नका लागि बाहिर निस्कियो । बजारमा उसले एक वृद्धलाई भेटे जो ठूलो भारी बोकेर हिडिरहेका थिए । उसले बुढो मानिस कहाँ गएर भन्यो, म तपाईंको घरसम्म तपाईंको सामानहरू लगिदिन्छु । यसको बदला तपाईंले मलाई १० रुपैयाँ दिनुहुन्छ रु बुढो मानिस यस कुरामा सहमत भए । जब केटाले सामान उठायो, यो धेरै गह्रौं थियो । जे होस्, उसले जसोतसो गरेर सामान बुढाको घरमा लगिदियो र १० रुपैयाँ लिएर घर फर्कियो । जब उसको बुबा आए, केटोले खुशीसाथ आफ्नो बुबाको हातमा १० रुपैयाँ राखिदियो । दिनहुँ जस्तै, उसको बुबाले पैसा भट्टीमा हालिदिन लाग्यो, त्यसबेला केटोले उसको हात समात्न पुग्यो ।
केटाले बुबालाई भन्यो कि यो पैसा मेरो मेहनतको पैसा हो । यसलाई यसरी भट्टीमा नफाल्नुहोस् । त्यसपछि बुबाले छोरालाई भने कि अब तिमीले बुझ्यौ कि कडा मेहनतको कमाईको लागत के हो । तिमीले मेरो मेहनतबाट कमाएको पैसा हरेक दिन यसरी अनावश्यक खर्च गर्छौ मलाई पनि त्यस्तै नराम्रो लाग्छ । यदि हामीले बुद्धिमानीपूर्वक पैसा खर्च गर्न सकेमा हामी धेरै समस्याहरूबाट बच्न सक्छौं । छोराले बुबाको कुरा बुझे र अब व्यर्थमा खर्च नगर्ने कसम खाए । यसपछि उनी पनि आफ्नो बुबासँग काम गर्न थाले ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया