

केपी ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : नेता विश्वासी



रुपन्देही ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाउनुभएको छ । आज भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले आफूलाई संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर अघि बढेको बताउनु भएको हो ।
एमालेमा ओलीलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेको बताउँदै विश्वासीले कम्युनिष्टहरु बलियो नहुने जनाउनुभयो । कम्युनिष्ट पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने बताउनुभयो । पछिल्लो समय समाजवादीमा युवापुस्ता, सबै वर्ग, क्षेत्र र समुदायको आकर्षण बढेको जनाउँदै सचिव विश्वासीले सबैको भरोसायोग्य पार्टी बनाउने दावी गर्नुभयो ।
पार्टीका केन्द्रिय सल्लाहकार एवं संविधान सभा सदस्य आदित्य नारायण कसौधनले वास्तविक कम्युनिष्ट पार्टी समाजवादी भएको जनाउनुभयो । उहाँले पार्टीका नीति, सिद्धान्त र विचार बोकेर जनतामाझ जानुपर्ने र समाजवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । प्रदेश कमिटी सचिव एवं रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले नवौं राष्ट्रिय महाधिवेशनपछि निर्वाचित एमाले नेतृत्वले कम्युनिष्ट आन्दोलनलाई छियाछिया पारेको आरोप लगाउनुभयो ।
यसैबीच नगर भेलाले ५१ सदस्यीय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी गठन गरेको छ । नितेश जानन्धरको अध्यक्षतामा युवा संघ नगर कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्ण कुँवर, बसन्त क्षेत्री, विवेक थापा हुनुहुन्छ । यस्तै, सचिवमा विनम्र थापा क्षेत्री, कोषाध्यक्षमा समिर पन्थ, सह–सचिवमा प्रतीक क्षेत्री, अब्दुल हफिज र सुमित तुलाधर रहनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया