

जसपा कपिलवस्तुमा नागरिकको आकर्षण बढ्दो



कपिलवस्तु ।
जनता जमाजवादी पार्टी नेपाल कपिलवस्तुमा पछिल्ला दिनमा नागरिकहरुको आकार्षण बढेको छ । पछिल्ला केही सता यता जिल्लामा सो पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सायौँ नगरिकहरु विभिन्न पार्टी परित्याग गर्दै जसपामा प्रवेश गरेका छन् ।
शनिबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढी जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताए । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जसपता नेता सहसराम यादव र कृषि मन्त्री सुमन शर्मा रायमाझी सहितको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी लगाएतका विभिन्न पार्टी परित्याग गरी ठूलो संखयामा कार्यक्रताहरु जसपामा आएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

यस्तै उता शनिबार नै जिल्लाको विजयनगर गाउँपालिकामा सम्पन्न पार्टीको संगठन सुदृढिकरण अभियान अन्र्तगतको एक कार्यक्रममा पनि नागरिकहरु जसपामा प्रवेश गरेका छन् । यस अघी पछिल्लो पटक जिल्लाको शुद्धोधन गाउँपालिकामा सम्पन्न कार्यक्रममा पनि एक सय पचास बढी जसपमा आएका थिए ।
शनिबार सम्पन्न यशोधाराको कार्यक्रममा जसपा नेता तथा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी, नेता रामलखन जयसवाल, जनार्दन चौधरी लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेता तथा मन्त्री सहसराम यादवले नेपालमा मधेशका समस्या समाधान गर्न जसपा प्रतिबद्ध रहेको बताए । उनले कपिलवस्तुको विकासका लागि प्रदेश सरकारले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको पनि दावी गरे । जिल्लाको सडक पुर्वाधारको विकास सँगै भौतिक क्षेत्रमा यसपटक राम्रो बजेट विनियोजन भएको भन्दै उनले आफुहरु जनताको हित हुने गरी काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकारले जनताको चाहना अनुसार योजनाहरु बनाएर नतिजा देखिने गरी काम गर्ने बताइन् । अहिलेको बजेटले धेरै क्षेत्रलाई सम्बोधन गरेको पनि उनको भनार्ई थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया