

२३ एशियन कप छनोट : नेपाल इरानसँग ४–० ले पराजित

काठमाडौं
एएफसी यू २३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार (आज) रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।
यो हारसँगै नेपालको अर्को चरणमा जाने यात्रामा धक्का लागेको छ । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहो¥यो ।
खेलको ४७ औं मिनेटमा इरानले गोल गर्न सफल भयो । त्यस्तै खेलको ७७ औं मिनेटमा इरानले खेलमा दुई शून्यको अग्रता लियो । त्यसको दुई मिनेटपछि नेपालले तेस्रो गोल खायो ।
साथै खेलको अन्तिममा इरानले नेपालविरुद्ध थप गोल गर्दै खेलमा ४–० को अग्रता बनायो । पुरै खेलमा नेपाली गोलकिपर अर्पण कार्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो । कार्कीले इरानका आधादर्जन भन्दा बढी शसक्त प्रहारलाई बचाएका थिए ।
यो जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया