

एमाले बाणगंगाको नगर अध्यक्षमा भुसालको उम्मेदवारी घोषणा


नेकपा (एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य भिष्मराज भूसालले एमाले बाणगंगाको नगर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । भूसालले नेकपा एमालेको देशभर हुन लागेको पालिका अधिवेशनका क्रममा हुने नगर अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा ई साझा कुरा अनलाइनलाई जानकारी दिनुभएको हो । बाणगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष समेत रहनुभएका भूसालले आफुले सानै उमेरदेखि नै क्रियाशिल रहि राजनितिक यात्रा सुरु गरेको भन्दै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभयो ।
२०५९ सालदेखी एमाले कोपवाको प्रमुख भएर काम सुरु गरेका भूसालले वडा, नगर हुदैं जिल्लाका विभिन्न पदमा रहेर काम समेअत गरेको जानकारी दिनुभएको छ । २०४६ का अन्दोलनमा समेत आफुले भूमिका निर्वाह गर्दै संघर्ष गरेकाले आफु पहिले नै नेतृत्वदायी भूमिकामा आउन चाहेको उहाँले बताउनुभयो । पार्टीलाई नयाँ ढङगले अगाडि बढाउने तथा संगठनलाई बजबुत बनाउन पनि आफनो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
युवाहरुमा पार्टीप्रतिको वितिष्णालाई चिर्दै गुटबन्दीको अन्त्यसंगै देशमा समृद्धि यात्रा तय गर्न आफ्नो भूमिका रहने उहाँले बताउनुभयो । नेकपा एमालेले भोलि (मंगलबार) देशभर पालिका अधिवेशन सम्पन्न गर्दै छ । आगामी दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत यहि कार्तिक ६ गते एमालेले देशभर वडा अधिवेशन सम्पन्न गरेको थियो ।
मंगलबार देशभर पालिका अधिवेशन हुँदैछ । एमालेको दशौं महाधिवेशन अन्तर्गत हुने पालिका अधिवेशनका लागि कपिलवस्तुका नगर तथा गाउँपालिकाहरुको नेतृत्व लिने आकांक्षीले उम्मेदवारी घोषणा गर्न लागेका छन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया