

दसैको अवधिमा लुम्बिनीमा सवारी दुर्घटनामा परी २४ को ज्यान गयो



बुटवल । लुम्बिनी प्रदेशमा यस वर्षको दसैको अवधिमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार असोज २१ देखि ३१ गतेसम्म ११ जना पुरुष, ८ जना महिला, ३ बालक र २ बालिकाको मृत्यु भएको हो ।
५८ सवारी दुर्घटना हुँदा ६७ जना घाइते भएका छन्। १२ जिल्ला रहेको लुम्बिनीमा अधिकांश दुर्घटना मोटरसाइकलका छन्। दुर्घटनामा परी सबैभन्दा धेरै बाँकेमा ९ जनाले ज्यान गुमाएका छन्। गुल्मीमा ४, बर्दिया र रुपन्देहीमा ३–३ जना, कपिलबस्तु २, पाल्पा, दाङ र रोल्पामा १–१ जनाको दुर्घटनामा परी मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
चाडपर्वका बेलामा अत्यधिक यात्रुको चाप तथा साना सवारी साधनको गती तिव्र भएकाले दुर्घटना हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया