

धानबालीमा वर्षाले असर, अझै केही दिन विशेष ध्यान दिन कृषि विज्ञको सुझाव



राजेन्द्र खनाल, कपिलवस्तु ।
आईतबार एक्कासी परेको वर्षाका कारण कपिलवस्तु सहित देशका अधिकाशं स्थानका किसानको धानबालीमा असर परेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार वर्षाका सम्भावना रहेको जनाइरहेका बेला पाकिसकेको धान काटेर खेतमै राखिएको अवस्थामा पानी परेपछि तराईका अधिकाशं जिल्लाको धानबालीमा असर परेको हो ।
कपिलवस्तुमा पनि वर्षाका कारण काटिसको धानबालीमा असर परेको छ भने कतिपय किसानले धान भित्राउँदै गर्दा पनि वर्षाका कारण नोक्सानी बेहोर्नुपरेको छ । आइतबार दिउसो कपिलवस्तुमा परेको वर्षाले धान भित्राउन व्यस्त बनेका किसान पानीमा भिजेरै भए पनि धान जोगाउन लागे भने वर्षा रोकिएपछि भिजेको धान थन्क्याउँन लागे ।
विशेष ध्यान दिन कृषि विज्ञको सुझाव
अबको केही दिन धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् । अबको केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन् ।
धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न हरिकृष्ण उप्रेतीको सुझाव छ । उहाँका अनुसार धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्नुपर्छ र पछि घाम लागेका बेला सुकाउनुपर्छ । ओभानु ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने गर्नु पर्छ । त्यसो गर्न सकेमा नोक्सान हुन बाट जोगाउन सकिने उहाँले बताउनुभयो ।
यस वर्ष कपिलवस्तुमा धानबालीबाट राम्रो उत्पादन हुने सम्भावना भईरहेका बेला वर्षाका कारण केही क्ष्यती पुगेको छ । कृषि ज्ञानकेन्द्रले यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने अनुमान गरेको थियो । धान स्याहार्ने मुख्य समयमा परेको वर्षाका कारण उत्पादनमा समेत नोक्सानी हुन सक्ने कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख रविन्द्रनाथ चौबेले बताउनुभयो ।
धान वालीको अवस्था हेर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादन ७ प्रतिसत बढ्ने अनुमान गरिएको प्रमुख रविन्द्रनाथ चौबेले बताइरहेका बेला वर्षाका करण किसानले क्ष्यती बेहोर्नुपरेको र यसले उत्पादित धानमा केही केहीले कमी आउन सक्ने छ । धेरै दिनको चर्काे गर्मी र लगातारको सफा मौसमका कारण किसानहरु दशैँ अगावै धान काट्न व्यस्त थिए । आइतबार परेको वर्षाले भने धान काटेका किसानलाई असर पारेको छ ।
यस्तै केही दिन धान नकाट्दा पनि फरक नपर्ने अवस्थामा भने धान नकाटिकनै खेतबारीमै छोड्न प्रमुख चौवेको सुझाव छ । अहिले लुम्बिनी प्रदेशका तराईका जिल्लामा छोटो समयमा पाक्ने जातका धान काट्ने बेला भएको छ । राधा ४, सर्जु ५२, घैया एक र घैया दुई लगायतका छोटो समयमा पाक्ने धान हुन् । यी धानबाली लगाएका किसानले धान भित्राउने बेलामा परेको वर्षाका कारण नोक्सानी बेहोर्नुपरेको हो ।
३ कात्तिक सम्म वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आगामी बुधबार (३ कात्तिक ) सम्म देशका विभिन्न भागमा वर्षा हुने जनाएको छ ।
विभागका अनुसार, हाल बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली क्रमशः उत्तरतिर सरिरहेको छ। त्यसमा पश्चिमी वायु प्रणालीको प्रभावसमेत थपिएका कारण नेपालमा कम्तीमा बुधबारसम्म पानी पर्नेछ।
सोमबार र मंगलबार खास गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तर, केही स्थानमा भने मेघ गर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सोमबार र मंगलबार बाँकी प्रदेशका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको संभावना छ।
त्यसैगरी, बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन र चट्याङरहावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी प्रदेशका केही स्थानमा समेत बुधबार हल्कादेखि मध्यम वर्षाको संभावना छ। विभागले उच्च पहाडी तथा हिमाली भू९भागमा हिमपातको समेत संभावना रहेकाले यात्रा तथा कृषि कार्य गर्दा सजक रहन सचेत गराएको छ।
देशको तराई र मध्य पहाडमा धान काट्ने वेला भएकाले अहिलेको वर्षाले धानबालीलाई असर पार्नेछ। काटेर सुकाएको धानमा पानी पर्दा त्यसले चामलको गुणस्तर बिगार्ने मात्र नभई उत्पादन समेत घटाउँछ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया