

साफका पदाधिकारीले नेपालले नजितोस् भनेर गलत निर्णय गरे : अलमुताइरी

काठमाण्डाै
साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रतिबन्धनमा परेका छन् । साफ आयोजक कमिटीले नेपालका मुख्य प्रशिक्षक अलमुताइरीले लिग चरणमा बंगलादेश र श्रीलंकासँगको खेलमा पहेँलो कार्ड पाएकाले आज हुने फाइनलमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
प्रतिबन्धपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन् । भर्चुअल पत्रकार सम्मेलनमा अलमुताइरीले साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भएपनि आफूलाई दोहोरो पहेँलो कार्ड खाएकै भरमा प्रतिबन्ध लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले साफका पदाधिकारीले नेपालले प्रतियोगिता नजितोस् भनेर नियमावलीमै नभएको प्रावधान लागु भएको आरोप लगाएका छन् ।
‘नेपालले साफमा गरेका उत्कृष्ट प्रदर्शनबाट साफका पदाधिकारी खुसी छैनन्, उनीहरुले भारत प्रेरित निर्णय गरे’, अलमुताइरीले भने । नेपाल र बंगलादेशसँगको खेलपछि रेफ्रीमाथि हातपात गर्नेहरुलाई साफ पदाधिकारीले केही नगरेको भन्दै मूख्य प्रशिक्षक अलमुताइरीले भारतीय प्रशिक्षकले रातो कार्ड खाएर मैदान जान पाएनन् भन्दैमा नेपाली प्रशिक्षकलाई अन्याय गर्न नमिल्ने बताएका छन् । दोहोरो पँहाेलो कार्डका कारण आज अञ्जन विष्ट पनि खेल्न पाउने छैनन । नेपाल पहिलोपटक साफको फाइनलमा पुगेको छ । उपाधिको लागि आज राति पौने ९ बजे नेपालले भारतसँग खेल्दैछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया