

२४ घण्टामा ३ सय ६५ जनामा काेराेना पुष्टि, ६ सय ९ जना निकाे


काठमाण्डाै
पछिल्लो २४ घण्टामा देशभर तीन सय ६५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९४ जना अर्थात् परीक्षणको ६ दशमलव ५२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ६ सय नौ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७८ हजार तीन सय ५० जना पुगेको छ ।
यही अवधिमा थप चार जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ६१ पुगेको छ ।
अहिले १४ हजार दुई सय ६७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
२४ घण्टामा थप दुई हजार दुई सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८३ लाख ८३ हजार आठ सय ८७ जनाले पहिलो मात्रा र ६४ लाख ६८ हजार आठ सय ९० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया