

बुद्धभुमिमा बजार अनुगमन : सोमबार पनि भेटिए वर्षाै पुराना म्याद सकिएका सामान



कपिवलस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा बजार अनुगमनका क्रममा वर्षौ पुराना खाद्यवस्तु दैनिक जसो फेला परेको छन् । चाडपर्व लक्षित बजार अनुगमनमा सोमबार पनि नगरपालिकाको वडा ९ इमिलिया र डुमराबाट म्याद सकिएका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलको नेतृत्वमा गरिएको अनुगमन टोलीले म्याद गएका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड), पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्स, मैदा सुजि लगायतका वस्तु बरामद गरेको छ ।
बिहान ८ बजेदेखि सुरु भएको अनुगमनमा दश वर्ष पुराना फेसियल क्रीम र ६ वर्ष पुराना जुस भेटिएको छ । म्याद नभएका ती वस्तु बिक्री गर्न सजाएर राखेको अवस्थामा फेला परेको बुद्धभुमी नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताउनुभयो ।
सन् २०१० मा उत्पादन भएका फेसियल क्रीम पसलबाट जफत गरिएको छ । एक वर्ष देखि २ वर्षको प्रयोग समय अवधि रहेको सो फेसियल क्रीम १० वर्षसम्म पसलमा विक्रीका लागि राखेको पाइएको छ । भारतमा उत्पादन भएका तथा बालबालिका लक्षित गरी उत्पादन भएका प्याकेटमा राखिएका धेरै सामाग्री म्याद गुज्रीएका फेला परेको अनुगमनमा सहभागी पदाधिकारीले बताउनुभयो ।
ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रीएर कुहिएका वस्तु समेत फेला परेका छन् । नगरपालिकाले दशैसम्म हरेक वडाको पसलमा पुगेर छड्के अनुगमन गर्ने कार्यतालिका बनाई अनुगमन गरिरहेको छ । पालिकाले बजार अनुगमन सुरु गरेपछि केही पसल बन्द गरी व्यापारी भागेका अनुगमन टोलीका सदस्य गोकर्ण अर्यालले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया