

बाणंगामा नदीजन्य पदार्थको ठेक्काका लागि सूचना निकाल्ने तयारी



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरका विभिन्न नदीहरुको ठेक्का प्रक्रिया सुरु गरेको छ । नगरकार्यापालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले बाणगंगाका मुख्य नदीहरु बाणगंगा नदीको बनकसीया र मधुवनधाम क्षेत्र, धिरी र कोईली नदीको ठेक्काका लागि सूचना निकाल्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभएको छ ।
यस्तै सम्पन्न बैठकले पशु तथा स्वास्थ्य क्षेत्रको दररेट स्वीकृत गरेको छ भने नगर भित्रका बिद्यालय समायोजन तथा दरबन्दी मिलानका लागी बनाइएको नगर शिक्षा समिति, दरबन्दी मिलान कार्यदल र दरबन्दी मिलान समितिले ल्याएको प्रस्तावलाई स्वीकृत गरी कार्यन्वय गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले बताउनुभयो । यस्तै बजार अनुगमनको प्रतिवेदन अध्ययन गरी २ सय ११ वटा बिभिन्न पसलमा गरीएको अनुगमनपछि कमजोरी भेटीएका पसलहरुलाई सचेत गराइएको पनि बैठके जनाएको छ ।
नियमित नभएका ७ वटा सहकारीलाई खारेजीको लागी ३५ दिने सुचना निकाल्ने निर्णय भएको थियो । जसमा भेवा कृषी सहकारी वडा नः ११, आकस्मीक कृषि सहकारी ११ , जनकृषी सहकारी ११, त्रिशुल कृषी सहकारी ११, पटना महिला कृषी सहकारी १०, परोपकार उपभोक्ता सहकारी १० र शहिद स्मृति सहकारी सस्था वडा नः ३ रहेका छन ।
साथै कार्यपालिकाको बैठकले वडा नः ८मा बन्ने आर्युबेद अस्पतालको डिपिआर निमार्णको लागी सुचना निकाल्ने र नगर भित्रका घरधुरीहरुको नम्बरीङ गर्ने निर्णय पनि गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया