

आईपीएल : राजस्थानमाथि मुम्बईको जित

काठमाडौ। इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ। सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
मुम्बईको जितमा इशान किशनले अविजित ५० रन बनाए भने कप्तान रोहित शर्माले २२ रन जोडे।मुम्बईका लागि सूर्यकुमार यादवले १३ रन बनाउँदा हार्दिक पाण्डेयले अविजित ५ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १र१ विकेट लिए।टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र बनाएको थियो।
राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए भने डेभिड मिलरले १५ रन जोडे। त्यसैगरी, यासभी जैसवाल र राहुल टेवाटियाले समान १२र१२ रन बनाउँदा राजस्थानका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए। जितसँगै १३ खेलबाट १२ अंक जोडेको मुम्बईको प्ले अफ सम्भावना कायमै छ।मुम्बई अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया