

नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी


काठमाडौं
साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताएका छन् ।
मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३(२ ले पराजित गरेको थियो ।
‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो प्रतियोगितामा अंक धेरै महत्वपूर्ण छ । हामीले आज ६ अंकमा ६ अंक नै जोडेका छौँ ,’ खेलपछि पोष्टम्याच कन्फ्रेन्समा अलमुताइरीले भने ।
उनले नेपालको लागि तीन अंक नै ठूलो भएको बताए ।
पाँच राष्ट्र सम्मिलित साफमा नेपालले लगातार दुई जितबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ । श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।
दोस्रो जितपछि नेपालको अब फाइनल पुग्ने सम्भावनासमेत बढेको छ । प्रशिक्षक अलमुताइरीले पनि यस जितले फाइनल पुग्ने सम्भावना बढाएको बताएका छन् । ‘नेपालको अब फाइनल पुग्ने सम्भावना बढेको छ । हामीलाई पाँच दिन रेस्ट छ र त्यसमा तयारी गर्ने अवसर छ ।’
उनले म्याच डे थ्री मा पनि केही आश्चर्यजनक नतिजा आउने अपेक्षा राखेका छन् । म्याच डे थ्री मा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच खेल हुनेछ ।
नेपालले अब अर्को खेल असोज २४ गते भारतसंग खेल्नेछ । त्यसपछि बंगलादेशसंग असोज २७ गते खेल्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया