

आईपीएल क्रिकेटमा दिल्ली शीर्षस्थानमा


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ ।
दुबईमा गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे ।
चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
चेन्नईका अम्बाती रायडुले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।
दिल्लीको १३ खेलमा २० अङ्क छ । समान खेलमा १८ अङ्क रहेको चेन्नई दोस्रो स्थानमा छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया