
६ घण्टाको अवरोध पछि चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

सामाजिक सञ्जाल सेवाप्रदायक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा लामो समय ‘डाउन’ भएपछि सेवामा फर्किएका छन् ।
फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो ।
डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ ।
यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो ।
पूर्ण तहको सेवा फर्किन केही समय लाग्न सक्ने फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइक स्क्रोएप्फेरले बताएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया