

एक शब्द नबोली टिकटकमा सुपरस्टार बनेका लामे



काठमाडौँ । पछिल्लो समय टिकटकको लोकप्रियता निकै बढेको छ । खासगरी कोरोना महामारीका करण विश्वभर लकडाउन भएपछि टिकटकको लोकप्रियता बढेको हो । त्यसपछि अहिलेसम्म टिकटक प्रयोगकर्ताहरुको संख्या बढ्नेक्रम जारी रहेको छ ।
यसै प्रसंगमा टिकटकमा सबैभन्दा बढि दोस्रो धेरै फलोअर रहेका इटालियन खबाने लामे (खाबी लामे_ को टिकटक यात्रा रोचक रहेको छ ।
उनी टिकटकका भिडियोमा एक शब्द नबोली अहिले विश्वमा दोस्रो धेरै फलोअर भएका व्यक्ति बनेका छन् । उनको टिकटकमा अहिले ११७ मिलियन फलोअर रहेका छन् ।
गत बर्ष कोरोना महामारीका कारण इटाली सबैभन्दा बढी प्रभावित देश मध्ये एक थियो । एक समय कोरोनाको इपिसेन्टर नै बनेको इटालीमा लकडाउन लागेको बेला लामे टिकटकमा आएका थिए । कोरोनाका कारण जागिर गुमाएपछि टुरिनको उत्तरी शहरमा घरमै बसिरहेका लामेले टिकटक डाउनलोड गरेर आफ्नो नयाँ क्यारियरको शुरुवात गरेका थिए । उनले आफु नबोली आफ्नै डान्स गरेका, कमेडी गरेका, गेम खेलेका भिडियोहरु पोष्ट गर्न थालेपछि ति भिडियोहरु एकाएक लोकप्रिय बनेका थिए ।
भिडियो पोष्ट गर्दै जादा उनको नयाँ क्यारियरको जन्म भएको पत्तै पाएनन् । उनी अहिले अमेरिकाकी चार्ली डी एमेलियो पछि दोस्रो धेरै फलोअर हुने टिकटकर हुन् ।
२१ बर्षिय लामे एक शब् नबोली अहिले टिकटकमा करोडौ प्रसंशक् बनाउन सफल भएका छन् । उनले सिएनएनसंग कुरा गर्दै भनेका छन्- ‘मैले बनाएका भिडियोलाई धेरै जनाले हेरेपछि यसलाई अझ सरल रुपमा प्रस्तुत गर्ने गरेको छु । मलाई लाग्छ नबोल्नु पनि मानिसहरुलाई प्रभाव पर्ने एउटा तरिका हो ।’
उनले टिकटकमा राखेका धेरै भिडियोमा मानिसहरुले सामान्य रुपले गर्न सकिने काम या विषयलाई सजिलो गरि गर्न सकिन्छ भन्ने संदेश दिने खालका पनि रहेको पाइन्छ । साथै उनले जीवनलाई सरल तरिकाले पनि जिउन सकिन्छ भन्ने संदेश दिन खोजेको उनका भिडियोबात बुझ्न सकिन्छ ।
पछिल्लो समय लामे टिकटकमा हरेक दिन धेरै फलोअर बनाउने टकटकर पनि बनेका छन् । उनका हरेक दिन औसतमा २ लाख टिकटकरले फलो गर्ने गरेको देखिएको छ । सेनेगलमा जन्मिएर इटालीमा आफ्ना अभिभावकसंग पुगेका लामेलाई टिकटकले अब अन्तर्राष्ट्रिय ढोका पनि खोलि दिएको छ । उनले अहिले नेटफ्लिक्स, इटालियन फुड कम्पनि, इण्डियन फेन्टासी स्पोर्ट्स प्लेटफर्म ड्रिम ११ जस्ता कम्पनीहरुसंग साझेदारी गरिसकेका छन् ।
१८ महिना अघि कामविहीन लामे अहिले टिकटककै कारण अन्तर्राष्ट्रिय सेलिब्रेटी बनेका छन् । उन्ला इन्सटाग्राममा पनि ४७ मिलियन फलोअर रहेका छन् । उनले हालै हलिवुड फिल्म स्टार विल स्मिथसंग पनि एक प्रोजेक्टमा साइन गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया