

अर्घाखाँचीमा चाडपर्व लक्षित प्रहरीको यात्रु सहायता कक्ष सुरु


अर्घाखाँची ।
अर्घाखाँचीका तिन ठाउँमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए।
सदरमुकामको शान्तीबगैचा , भक्तिटोला र ठाडामा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए। ‘दसैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर हामीले यात्रु सहायता कक्ष स्थापना गरेका हौं’, उनले भने, ‘यात्रुलाई आवतजावतमा समस्या नहोस् भन्ने हाम्रो चाहना हो।’
दसैंतिहारको बेला यात्रुबाट बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु सवारी साधनले राख्ने, यात्रुलाई अनावश्यक दुःख दिने काम हुन सक्ने भन्दै यात्रु सहायता कक्ष स्थापना गरिएको हो। यात्रु सहायता कक्षमा चौबिसै घण्टा प्रहरी खटिने प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ।
यात्रुहरुबाट बढी भाडा लिएमा, यात्रुहरुको समानहरु हराएमा, सवारीसाधनमा बढी यात्रु राखेमा, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको पाएमा, आक्षरण सिट अनुसार यात्रुहरुलाई नबसाइएको पाएमा सहायता कक्षमा नागरिकले सम्पर्क गर्न सक्ने थापाले बताए ।
चाडपर्वको समयमा अन्य समयमा भन्दा धेरै भीडभाड, हुलमुल, जमघट, भेटघाट गरी शुभकामना आदानप्रदान हुने भएकाले यो समयमा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । अहिले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम पनि उत्तिकै रहेकाले प्रहरीले विशेष सुरक्षा योजना बनाएको बताएको छ । प्रहरीले मोबाइल गस्ती, अनुमगन गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, चेक प्वाइन्ट, सूचना संकलन ९सादा पोशाक० मा, यात्रु सहायता कक्षा, समन्वय टिम बनाएर प्रहरी परिचालन गरेको छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया