

नेकपा (एस) निकट अनेरास्ववियू कपिलवस्तुको अध्यक्षमा अनुरागी



कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू कपिलवस्तुको जिम्मेवारी दिपक अनुरागीले पाउनुभएको छ ।
जिल्ला पार्टीको पहिलो बैठकले नै अनुरागीलाई अध्यक्षको जिम्मेवारी दिएको भएपनि शनिबार भएको जिल्लाको अगुवा कार्यकर्ता भेलाले उहाँको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो ।
जसको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा रामप्रसाद पौडेल, सह सचिवमा गीता रेग्मी, कोषाध्यमा कमल बेल्वासे रहनुभएको छ । भेलाले ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष अनुरागीले जानकारी दिनुभयो ।
तत्कालिन नेकपा निकट अनेरास्ववियूको समेत संयोजक हुनुभएका अनुरागी लामो समय देखि विद्यार्थी आन्दोलनमा जोडिदै आउनुभएको छ ।
जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एस) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा, सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया