
एउटा ट्याटु बाटै कति कमाउछन् मनिष ?

काठमाडौं । फुर्सदका बेला साथीहरू बाहिरफेर खेल्न निस्कन्थे। मनीष शाहीलाई पनि खेल्न बोलाउँथे। तर उनी भने खेल्न जाँदैनथे। चित्र बनाएर बस्न रुचाउँथे मनीष। बिस्तारै उनलाई ट्याटु खोप्न मन लाग्यो। उनले एक जना चिनजानको साथीकहाँ गएर शरीरमा ट्याटु खोपाए। साथीले ट्याटु गरेको देख्दा उनलाई पनि ट्याटु खोप्ने कामप्रति रुचि जाग्यो। अनि उनले फुर्सदका बेला ट्याटु सिक्न थाले।
बिस्तारै उनी ट्याटुप्रति आकर्षित हुन थाले। अनि यसमा गम्भीर भएर लाग्ने विचार गरे। तर उनीसँग सामान थिएन। त्यसैले विदेशमा भएका एक जना आफन्तसँग ट्याटु खोप्न मेसिन मगाए। चित्र बनाउन जानेको भएर उनलाई ट्याटु बनाउन गाह्रो भएन। फरक के थियो भने उनी कागजमा चित्र बनाउन सिपालु थिए। ट्याटुमा भने मान्छेको शरीररमा चित्र खोप्नुपर्ने थियो।
आफूले गर्छु भनेको काम मात्रै गर्न पाउनु पनि उनलाई गाह्रै थियो। उनको पुस्तौनी पेसा मासुपसल थियो। पसलमा बस्दा ट्याटुको काम गर्न पाउँदैनथे। बिस्तारै ट्याटुमै केन्द्रित भए। उनी त्यतिमा सीमित भएनन्। थप सिक्नु थियो उनलाई। अनि कला निखार्न पुराना ट्याटु कलाकार प्रह्लाह श्रेष्ठसँग सिक्न वसन्तपुर जान थाले।
ट्याटु बनाउन कति पैसा लाग्छ त? चित्रअनुसार मूल्य निर्धारण हुन्छ। सानो चित्र र डिटेलिङ कम भएको सस्तो हुन्छ भने ठूला चित्र र डिटेलिङ बढी भएको चित्र बनाउँदा बढी पैसा लाग्छ।
मनीषले श्रेष्ठको तिकिझया स्टुडियोमा झन्डै तीन वर्ष काम सिके। त्यसपछि उनले आफ्नै स्टुडियो खोल्ने निर्णय गरे। ललितपुर, धोबीघाटस्थित उनको ‘स्किन बज ट्याटुङ’ ले अहिले राम्रै चर्चा कमाएको छ। ‘अहिलेसम्म त्यस्तै एक हजारवटा जति ट्याटु बनाएँ होला,’ मनीष भन्छन्।
ट्याटुमा विशेष गरी युवापुस्ता आकर्षित भएको उनी बताउँछन्। ‘ट्याटु खोप्न आउनेहरु धेरैजसो २० देखि ३० उमेरका छन्,’ उनी भन्छन्, ‘पहिलाभन्दा ट्याटु गर्ने बढेका छन्।’ ट्याटु बनाउन कति पैसा लाग्छ त? चित्रअनुसार मूल्य निर्धारण हुन्छ। सानो चित्र र डिटेलिङ कम भएको सस्तो हुन्छ भने ठूला चित्र र डिटेलिङ बढी भएको चित्र बनाउँदा बढी पैसा लाग्छ।
मनीषले ट्याटु गरेबापत एक घण्टाको २५ सय लिन्छन्। ‘एउटा धेरै नै डिटेलिङ भएको ट्याटुका लागि ७५ हजार रुपैयाँसम्म लिएको छ,’ उनले भने। अचेल महिला पनि ट्याट् खोप्न आउने गरको उनी बताउँछन्। धेरैजसोले ग्राहकले पाखुरामा ट्याटु खोप्छन्। कसैले छाती, पिठ्युँ, पिँडौंलालगायतका भागमा भागमा पनि ट्याटु खोप्ने गरिएको छ।
‘ट्याटु गर्नका लागि कला जानेको हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि चाहिने कुरा आवश्यक सरसमान।’ सानैदेखि चित्र कोर्न रमाउने मनीष शाहीले आखिरमा चित्रसँग सम्बन्धित कामलाई आफ्नो व्यवसाय बनाएका छन्। उनलाई पेसासँग कुनै गुनासो छैन जे गरेका छन् त्यसमा रमाएका पनि छन्। आठ वर्षदेखि गरिरहेको यो कामले उनलाई परिचित मात्र बनाएको छैन आर्थिक उपार्जन पनि गराएको छ। नेपाल समयबाट ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया