

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक



काठमाण्डौ ्। प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा कांग्रेस, नेकपा एमाaले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।
सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लाग्नु भएको हो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले आज मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी थाल्नु भएको छ । मन्त्रालय भागबण्डा टुङ्ग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी छ । यसका लागि उहाँले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम माग्नु भएको छ । प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर मन्त्रालयको टुङ्गो लगाउने तयारी गर्नु भएको हो ।
मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा हिजो पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ घण्टा छलफल भएको थियो । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी हुनु भएको थिएन भने जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर रहेकाले सहभागी हुनु भएको थिएन ।
मन्त्रालयको सङ्ख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुन(कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया