

कांग्रेस महाधिवेशन : कपिलवस्तुमा आज नगरगाउँ अधिवेशन हुँदै



कपिलवस्तु ।
वडा अधिवेशन सम्पन्न भए सँगै नेपाली कांग्रेस कपिलवस्तुमा आज गाउँ र नगर समितिका अधिवेशन हुँदैछन् । बिहान ७ बजे देखि सुरु भएको निर्वाचन गतिविधमा अधिकाशं सथानमा सहमतिको प्रयास भएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
आसन्न पार्टीको १४ औं महाधिवेशन अनुसार केन्द्रीय समितिले आज जिल्लाका पालिका अधिवेशनका लागि असोज ९ को मिति तय गरेको भए पनि कपिलवस्तुमा वडा अधिवेशन नसकिदा आज नगर गाउँको अधिवेशन हुन लागेको हो ।
१० स्थानीय तह रहेको कपिलवस्तुमा आज अधिवेशन हुन थालेको कांग्रेस कपिलवस्तुले जनाएको छ । जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा आज जुटेको हो ।
१० स्थानीय तह मध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा आज एकै दिन निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।
गाउँ र पालिका अधिवेशनको मतदाता नामावली हिजो नै जिल्ला पार्टी कार्यालयका प्रकाशन भैसकेको छ । आज बुथमा पनि मतदाता नामावली प्रकाशन हुने छ ।
विहान ७ बजेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुने जिल्ला निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।
जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि कोसिस भएपनि अधिकांश स्थानमा चुनाव हुने पक्का छ । सबै स्थानीय तहमा कांग्रेसका नेता उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया