

आईपीएल : मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई हरायाे


काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पञ्जाब किङ्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हराएको हो ।
पञ्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए । हार्दिक पाण्डेय ४० रनमा अविजित रहे । पञ्जाबका रबि बोस्नाईले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । पञ्जाबका एडिन माक्र्रामले ४२ रन तथा दिपक होडाले २८ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह र केइरन पोर्लाडले २/२ विकेट लिए ।
जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा छ । समान खेलमा पञ्जाब ८ अंकका साथ छैटौं स्थानमा रहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया