

सिद्वार्थ सामाजिक विकास केन्द्रद्वारा वार्षिक सामाजिक परिक्षण



कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्र प्रदेशमै नमुना संस्था रहेको प्रदेश सांसद विष्णु पन्थीले बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरमा रहेको सिद्धार्थ सामाजिक विकास केन्द्र जिल्ला, प्रदेशमात्र नभएर देशकै नमुना बन्न सफल भएको बताए । सिद्धार्थ सामाजिक विकास केन्द्रको वार्षिक सामाजिक परिक्षण कार्यक्रमलासम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताएका थिए । उनले सबैभन्दा धेरै जनप्रतिनिधी तथा सांसदहरु आलोचित हुनेगरेको भन्दै कहिलेकाही एउटाको गल्तीले सबैजनाको विरोध हुनेगरेको बताएका थिए । त्यस्ता आलोचना तथा विरोधलाई चिर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने पन्थीको भनाई छ ।
सामाजिक परिक्षणले संस्थाले गरेका हरेक कार्यक्रम, आयब्य तथा खर्च, प्रगतीको बारे जानकारी गराउने गराउनी भएकाले यसले पारदर्शीता ल्याउनुले बताए। कोरोना महामारी, बाढी पहिरो लगाएतका समयमा सिद्धार्थ सामाजिक विकास केन्द्रले गरेको काम प्रशंसनीय रहेकोपनि सांसद पन्थीको भनाई छ । तिनै तहका सरकारले यस्ता संस्थासंग सहकार्य गरेर अगाडी बढ्न सक्ने वातावरण बनेको पन्थीले बताए । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले सिद्धार्थले शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा उल्लेख्यि काम गरेको प्रष्ट पारेकि थिइन । अहिलेको प्रमुख आवश्यक्ता शिक्षा भएकाले शिक्षाविना बिकासको कल्पना गर्न नसकिने उहाको भनाई थियो । सिद्धार्थले शिक्षाको क्षेत्रमा आगामी दिनमा उल्लेख्यि काम गर्नेमा आफु विस्वस्त रहेको चौधरीले बताइन ।
यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख चक्र अर्यालले अहिले पनि पुरानै विधिबाट काम तथा कार्यक्रम हुनेगरेको भन्दै काम गर्ने विधीमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका थिए । उही बजेट, उहि निती तथा कार्यक्रम हुने गरेकाले काम गर्ने विधिमा परिवर्तन ल्याउनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले सिद्धार्थ सामाजिक विकास केन्द्रको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्रेकि थिइन। यस्तै बजेट पनि सार्वजनिकीकारण भएको थियो । प्रतिवेदनमा संस्थाले गरेका कार्यक्रम, यसले समाजमा पारेको प्रभाव लगाएत उल्लेख थिए । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हुमनाथ पौडेल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, पत्रकार पार्वती पाण्डे लगाएतले बोल्दै सिद्धार्यले गरेको काम प्रंससनिय रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
यस्तै दुर्गेश कुमार चौथरी, उमा थारु, सन्जु थारु र तेज बहादुर आचार्यले सिद्धार्थले संचालन गरेका विभिन्न कार्यक्रमबाट आफुमा आएको सकरात्म
क परिवर्तन तथा आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले सिद्धार्थले लुम्बिनी प्रदेशभरीनै विभिन्न सामाजिक काम गर्दै आएको बताएका थिए
। उनले कोभिड महामारीको समयमा पनि संस्थाले फ्रन्टलाईनमा काम गर्ने लाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोभिड प्रभावित अतिविपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको बताएका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधी तथा पदाधीकारी उपस्थित कार्यक्रमको सहजिकर ण सचिव रोमकान्त घिमिरेले गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया