

पर्यटन दिवस : लुम्बिनी प्रवेशद्वार मै फाेहाेरकाे थुप्रो



भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्र जाने पर्यटक माझ सहरमा थुप्रिएको फोहोरले नकारात्मक सन्देश जाने संस्कृतिविद् गितु गिरीले बताए । नगरपालिकामा डम्पिङ साइट नहुँदा नगरबाट फोहाेर संकलन गरेर डण्डा खोला छेउमा थुपार्ने गरिएको छ । तर, स्थानीयले नगरमा संकलित फोहाेरका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।
सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका-५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ । स्थानीय आशिष पन्तले सडकमै फोहाेर थुप्रिदा सहर दुर्गन्धित भएको बताए । उनले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अवरोध गरेकाले स्थानीय सरकारले यसतर्फ दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए ।
प्रख्यात बन्जाडेले २०७६ चैतको लकडाउनअघि नै नगरपालिकालाई फोहाेरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताए । प्लास्टिक पनि पूर्ण रुपमा निषेध गर्नुपर्ने उनकाे भनाइ छ ।
सिद्धार्थनगर-२ का वडा सदस्य दीपेशप्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहाेर थुपारिएको बताए । यस क्षेत्रमा स्वर्गद्वारीघाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उनको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहाेर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताए । उनले भने, ‘फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ ।’


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया