

देशका ५४ जिल्लामा सकियाे कांग्रेसको गाउँ तथा नगर अधिवेशन



काठमाण्डाै – नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने अधिवेशन हुन सकेको छैन ।
५४ जिल्लामा गाउँ/नगरस्तरीय अधिवेशन सुरु भएको तथा काठमाण्डौ, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लामा असोज १६ गतेसम्म सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिले हिजो अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।
पहाड र तराईका जिल्लामा दशैँअघिसम्म अधिवेशन गरिसक्ने कार्यतालिका छ । कांग्रेसले हिमाली जिल्लामा दशैँ अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने जनाएको छ । कांग्रेसमा क्रियाशील सदस्यताबारे १३ जिल्लामा विवाद रहेकोमा पाँच जिल्लामा टुङ्ग्याएको छ ।
महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताउनुभएको छ । ती जिल्लामा आज निर्वाचन अधिकृत खटाउने तयारी छ । निर्वाचन समितिले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीको क्रियाशील सदस्यताको सूची नपाएको जनाएको छ ।
कांग्रेसको महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया