

कांग्रेस अधिवेशन : कपिलवस्तुमा पालिका निर्वाचन असोज १२ मा हुने



कपिलवस्तु ।
नेपाली कांग्रेसको१४ औँ महाधिवेशन अन्तरगत कपिलवस्तुमा वडा तहको अधिवेशन पछिल्लो दुई दिन देखि जारी छ । केन्द्रिय समितिको कार्यतालिका अनुसार असोज ७ गते वडाको अधिवेशन गरी ९ गते नगर र गाउँपालिकाको अधिवेशन तालिका तय भएको थियो । तर कपिलवस्तुका अधिकाशं वडाहरुमा नेताहरुबिच सहमति हुन नसक्दा र वडा पदाधिकारी सहित क्षेत्रीय प्रतिनिधि पदका आकाक्षि उमेद्धारहरु बढी देखिएपछि जिल्लाका सबैजसो पालिकामा आज पनि वडा तहकै निर्वाचन भएको छ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रविबहादुर काफ्लेका अनुसार वडाको निर्वाचन आज सकिने सम्भावना नरहेको र भोली पनि वडामै केन्द्रित हुनुपर्ने भएकाले नगर र गाउँको निर्वाचन तोकिएको मितिमा गर्न नसकिएको जानकारी दिनुभयो ।
यता बाणगंगा नगरपालिकामा नेपाली कांग्रेसको वडा तहको निर्वाचनमा केही वडामा सहमतिका आधारमा नेतृत्वको टुङ्गो लागे पनि अधिकाशं वडामा निवाचन भईरहेको छ । वडा नम्बर ५ ८, ९, १०, मा शुक्रबार निर्वाचन हुन सकेन भने ती वडामा आज निर्वाचन भएको छ । यस्तै वडा नम्बर ४ मा आज पनि निर्वाचन गर्न नसकेपछि कांग्रेसले भोली वडाको निर्वाच्न गर्ने जनाएको छ भने अन्य वडामा सहमतिका साथ वडाको पदाधिकारी चयन भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार वडाको निर्वाचन सकिए लगत्तै गाउँ र नगरको अधिवेशन तोकिएको थियो । तर कपिलवस्तुमा भोली शनिबारका लागि तय भएको नगर र गाउँको अधिवेशन अब असोज १२ गते गर्ने गरी तयारी गरिएको नेता काफ्लेले जानकारी दिनुभयो । नगर र गाउँपालिकाको निर्वाचनका लागि दौडधुप पनि सुरु भएको छ । नगर सभापति पदका आकांक्षिहरु धेरै देखिएपछि कांग्रेस नेतृत्वलाई पदाधिकारीहरु मिलाउन कपिलवस्तुमा हम्मे हम्मे परिरहेको छ । दिनभर जसो सहमतिका आधारमा पदाधिकारीको टुङ्गो लगाउन कसरत गरे पनि त्यो असफल भएको एक नेताले बताएका छन् । १३ औँ महाधिवेशनमा अधिकाशं स्थान सहमतिका आधारमा मिलाएको कांग्रेसले यस पटक भने धेरै स्थानमा निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व चयन गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया