

भीरबाट खसेकाे ढुङ्गाले लाग्दा आमाछाेरीकाे मृत्यु



रोल्पा नगरपालिका हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ बस्ने २५ वर्षीया संगिता पुन र उनकी छोरी २ वर्षिया छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार बारीबाट घरतर्फ जाने क्रममा भीरबाट ढुंगा खसेर लागेको थियो । खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पामै बिहे भोज खाएर फर्किने क्रममा रोल्पा नगरपालिका-३ खुमेलका ४२ वर्षीय तिर्थलाल थापाको पनि भीरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया