

दुई दिन बाकीँ रहँदा कांग्रेस कपिलवस्तुमा वडा निर्वाचनमा अन्यौलता



कपिलवस्तु ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने देखिएको छ ।
पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । यस्तै क्रिाशिल सदस्यको विवाद टुङ्गिएको कपिलवस्तुमा पनि तोकिएकै मितिमा वडाको निर्वाचन हुने वा नुहेन अझै अन्यौलता देखिएको छ ।
वडा अधिवेशन हुन नसकेका जिल्लामा पालिका अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ । निर्वाचन समितिले ५ असोजमा बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ ।
यता कपिलवस्तुमा क्रियाशिल सदस्य समायोजनको विवरण केन्द्रबाट नआएका कारण असोज पाँचमा वडाको निर्वाचन नहुने पक्का जस्तै बनेको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्यका अनुसार अहिले सम्म समायोजन विवरण नआएको र केही सदस्यलाई छोडेर निर्वाचन गर्ने सिथती नरहेका कारण तोकिएको मितिमा निर्वाचन गर्न धउधउको स्थिति रहेको बताउनुभयो । उहाँका अनुसार वडाको निर्वाचन गर्न आफूहरु तयारी रहे पनि केन्द्रले विवरण पठाउन ढिलाई गरेका कारण तोकिएको मितिमा निर्वाचन नहुने देखिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया