अनिताकाे उपचारका लागि “अनिता बचाउ अभियान”

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ कि अनिता विककाे उपचार सहयाेगका लागि सामाजिक सञ्जाल मार्फत अनिता बचाउ अभियान थालिएको छ । उनको अहिले काठमाडौंमा उपचार भईरहेको छ भने स्वास्थ्य जटिलता बढ्दै गएपछि उनी अहिले मृत्युसंग लडिरहेकी छन् । चप्परगाउँ निवासी झविन्द्र वि. क. की श्रीमति अनिता २ महिनाको सुत्केरी अवस्थामा काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठायो । तर घर पठाइदिएको ७ दिनपछि पुनः फेरि उस्तै रोग बल्झिएर अहिले फेरि उनकाे काठमाडौँको न्युरो अस्पतालमा (myasthenic crisis)  रोगको उपचार गराइ भइरहेको छ ।                            उनकाे उपचारक्रममा धेरै रकमको आवश्यक पर्ने देखिएको पारिवारिक स्रोतले जनाएको छ । अनिताको स्वास्थ्य अवस्थामा सहयोग होस् भन्नका लागी अहिले सामाजिक संजालमार्फत ‘अनिता बचाऊ अभियान’ समेत संचालन गरिएको छ ।                 

प्रतिक्रिया

खबर सबै