

कांग्रेस महाधिवेशन : कपिलवस्तु आए निर्वाचन अधिकृत पन्त



कपिलवस्तु ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि कपिलवस्तुमा क्रियाशिल सदस्यहरुको विवरण केन्द्रबाट आए सँगै नेताहरुको दौडधुप बढेको छ । कपिलवस्तु कांग्रेसमा आगामी नेतृत्वका लागि जिल्ला सभापतिका आकांक्षिहरु आधा दर्जन बढी नेताहरु देखिएका छन् । पूर्व सभापति भईसकेका देखि अहिले लामो समय कांग्रेसको राजनितिमा झोला बोकेका नेताहरुले जिल्ला सभापति पद ताकेका छन भने हालको जिल्ला समितिलाई नेताहरुलाई मिलाउन हम्मे हम्मे परीरहेको एक नेताले बताएका छन् ।
जिल्ला सभापति सुरेन्द्रराज आचार्यले दुई कार्यकाल जिल्ला सभापति भई कांग्रेस कपिलवस्तुको नेतृत्व गरिसकेका छन भने उनलाई अब कांग्रेसको विधानले पुनः सभापति बन्न दिदैन । जस कारण यस पटक कपिलवस्तु कांग्रेसमा सहमतिका लागि रस्साकस्सि भईरहेको छ । केही दिन अघि केन्द्रीय समितिले कपिलवस्तु सहित अन्य केही जिल्लाको क्रियाशिल विवरण सार्वजनिक गरे सँगै कपिलवस्तुका वडा देखि जिल्ला सम्मका नेता तथा कार्यक्रताहरु आफ्नो वर्चश्व कायम गर्न नेता कार्यक्रताहरुसँग दिनहुँजसो छलफलमा व्यस्त छन् ।
कांग्रेस कपिलवस्तुका प्रवक्ता समेत रहेका नेता विरेन्द्र मिश्रका अनुसार जिल्लाबाट पठाइएको क्रियाशिल विवरण अनुसार नै नामावली केन्द्रबाट आएको छ । झण्डै १२ हजार क्रियाशिल रहेको कपिलवस्तुमा नयाँ पुराना सदस्यहरु रहेको नेता मिश्रले जानकारी दिएका छन् ।
अधिवेशनका लागि कपिलवस्तुमा निर्वाचन अधिकृत समेत आइसकेका छन् । रुपन्दैहीका घनश्याम पन्त निर्वाचन अधिकृतको रुपमा कपिलवस्तुमा आएका छन् । आगामी पाँच गते वडाको अधिवेशन हुने गरी तयारी भईरहेको कांग्रेस कपिलवस्तुले जनाएको छ । सके सम्म सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने गरी लागिएको नेताहरुले दावी गरेका छन् । कपिलवस्तुमा केन्द्रको राजनिति गर्दै मन्त्री भईसकेका नेताहरुको झकाव जता हुन्छ यस पटकको नेतृत्व पनि सोही पक्षले पाउने सम्भावना देखिएको छ ।
असोज ५ गते वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ भने पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते हुने छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो । यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया