

सुरक्षा कारण देखाउँदै न्युजिल्यान्डले पाकिस्तानसँगकाे शृङ्खला रद्द गर्याे


काठमाण्डाै
न्युजिल्यान्डले पाकिस्तानसँगको शृङ्खला रद्द गरेको छ । पाकिस्तानसँगको पहिलो एकदिवसीय खेल सुरु हुनुअघि न्युजिल्यान्डले भ्रमण रद्द गरेको हो । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पहिलो एकदिवसीयका लागि रावलपिन्डी स्टेडियममा जान अस्वीकार गरेको हो ।
न्युजिल्यान्ड टोली १८ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्न आएको थियो । दुई टोलीबीच रावलपिन्डीमा तीन एकदिवसीय क्रिकेट खेल्ने तालिका थियो । त्यसपछि लाहोरमा पाँच टी–२० को शृङ्खला खेल्ने कार्यक्रम पनि थियो ।
न्युजिल्यान्डले विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तानमा खतराको स्तर बढेकाले र न्युजिल्यान्ड सुरक्षा सल्लाहकारसँग परामर्श गरेपछि न्युजिल्यान्डले यो भ्रमण नगर्ने निर्णय लिइएको हो ।’
अब टोली फर्किने तयारी गरिरहेको न्युजिल्यान्ड क्रिकेटले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया