

लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गरिदैँ



नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यस्तो बताएका हुन् ।
‘गण्डकी र लुम्बिनी प्रदेशमा युटिएल कम्पनीले पाएको थियो,’ अधिकारीले भने, ‘उसले काम गरेन, त्यतिकै रहेको थियो । त्यसलाई पनि पूर्ती गर्नको निम्ति गण्डकी र लुम्बिनीलाई सम्बोधन गर्ने हिसाबले ८०० किलोमिटरको अप्टिकल फाइबर चाहिँ टेन्डर मार्फत सम्झौता हुने क्रममा छ । सम्भवत अर्को हप्ता हामी त्यसको सम्झौता गर्छौं ।’
टेलिकमको आन्तरिक कार्यक्रम अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
‘हाम्रो टेन्डर भएर एलओई दिएर कन्ट्रयाक्टको तयारी भइरहेको छ’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘कन्ट्रयाक्टको तयारी भइरहेकाले सायद एकहप्तामा सम्झौता होला ।’
सम्झौता भएको मितिले एक वर्षमा गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गरी सक्ने योजना रहेको उनले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया