

महान विचारकका प्रेरणादायी विचार




काठमाडौं । प्लेटोले एकदिन भनेका थिए आफैंमाथि विजय गर्नु सबैभन्दा श्रेष्ठ र महानतम विजय हो । यस्तो विभिन्न दार्शनिकहरुको महान वाणीहरु भोगाईहरुले आम मानिसको जिवनमा पनि सकारात्मक प्रभाव पर्न सक्छ ।
आजको २१ शताब्दीमा मानिसहरु सधैं व्यस्त र चलायमान हुन्छन् । हरेक मानिस आफ्नो पेशा व्यवसायमा सधैं प्रतिस्पर्धामा कुदिरहेका हुन्छन् । सधैं तनावमा धेरै जसो देखिन्छन् ।
आफुले भोगेको, झेलेको, अनुभव गरेको कुरा नै बढी जीवनोपयोगी हुने भएकोले यस्तो सुनेका, देखेका कुराहरुबाट पनि हामी पाठ सिक्न सक्छौं । अतः चिन्तक, दार्शनिक, वैज्ञानिक, नेता आदिले विभिन्न सन्दर्भ र कालखण्डमा बोलेका कुराहरु तपाई हामीलाई अनमोल पाठ हुनसक्छ ।
यहाँ त्यस्तै भनाईहरु प्रस्तुत गरिएको छ, जो प्रेरणादायी छन् ।
१। खुसी त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जो अरुको खुसी देख्न चाहन्छ ।
अज्ञात
२। आफैमाथि विजय गर्नु सबैभन्दा श्रेष्ठ र महानतम विजय हो ।
प्लेटो
३। सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरु जीवनभर मुकदर्शक बनिरहन्छन् ।
अज्ञात
४। समझदार व्यक्तिले सारसले जस्तै होशियारीपूर्वक काम गर्नुपर्छ । स्थान, समय र आफ्नो क्षमता बुझेर कार्य सम्पन्न गर्नुपर्छ ।
चाणक्य
५। आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो
स्वामी विवेकान्द
६। दृष्टिकोण एक समान्य कुरा हो तर, त्यसले धेरै ठूलो फरक पार्छ ।
विस्टन चर्चिल
७। त्यस व्यक्तिको अटल साहसभन्दा धेरै प्रभावशारी केही पनि छैन, जो आफ्नो स्वतन्त्रता र सम्मानका लागि दुःख सहन अनि त्याग गर्न तयार छन् ।
मार्टिन लूथर किंग
८। हामीले नयाँ परिस्थितीमा नयाँ सोंचका साथ काम गर्नुपर्छ ।
अब्राहम लिंकन
९। उत्कृष्टता एक शतत प्रक्रिया हो, कुनै दुर्घटना होइन ।
अब्दुल कलाम
१०। हमीले भूतको बारेमा पछतो गर्नुहुन्न । भविष्यको बारेमा चिन्तित हुनुहुन्न । विवेकवान व्यक्ति सधै वर्तमानमा बाँच्ने गर्छन् ।
चाणक्य
११। वितेको दिनबाट सिक, आउनेवाला दिनप्रति लागि आशा राख । र, आजको लागि बाँच ।
अल्बर्ट आइस्टाइन
१२। जिन्दगी एक साइकल जस्तै हो । यदि त्यसलाई सन्तुलित बनाएर अगाडि बढाउने हो भने पाइडल मारिरहनुपर्नेछ ।
अल्बर्ट आइस्टाइन
१४। महान सौन्दर्य, अत्याधिक ताकत, धेरै धन वास्तवमा कुनै उपयोगी छैन । एक सच्चा हृदय सबैभन्दा श्रेष्ठ छन् ।
बेन्जामिन फ्रेंकलिन
१५। एक मूर्ख आफुलाई बुद्धिमन सम्झन्छन् । तर बुद्धिमान व्यक्ति आफुलाई मुर्ख सम्झन्छन् ।
विलियम शेक्सपियर
१७। विश्वास त्यो शक्ति हो, जसले उजाडिएको दुनियमा प्रकाश ल्याउन सक्छ ।
हेलेन केलर
१८। सन्तुलित मन बराबर कुनै तपस्य छैन । सन्तोष बराबर कुनै खुसी छैन । लोभ बराबार कुनै बिराम छैन । दया बराबर कुनै सदाचार छैन ।
चाणक्य
१९। अस्वस्थ्यकर जीवन जीवन होइन, बस पीडाको एक स्थिति हो ।
गौतम बुद्ध
२०। आफ्नो सपनालाई साकार बनाउने सर्वश्रेष्ठ तरिका हो, तिमी जाग ।
पल वैलेर
२१। बुद्धिमान व्यक्तिले अर्कोको गल्तीबाट पनि पाठ सिक्छन् ।
पी सायरस
२२। बिना उत्साह कुनैपनि महान काम संभव छैन ।
राल्फ वान्डो एमर्सन
२३। त्यही व्यक्तिलाई आलोचना गर्ने अधिकार हुन्छ, जो सहयोग गर्ने भावना राख्छ ।
अब्राहम लिंकन
२४। अज्ञानता र विचारहिनता दुबै मानवता विनासको दुई ठूलो कारण हुन् ।
जन टिलोटसन
२५। पुरा जीवन एक अनुभव हो । तिमी जति प्रयोग गर्छौं उत्तिनै यसलाई उत्कृष्ट बनाउन सक्छौं ।
राल्फ वाल्डो एमर्सन
२६। एक बुद्धिमान व्यक्तिको प्रश्नमा आधा उत्तर लुकेको हुन्छ ।
सोलोमन इब्र गेबिरोल
२७। राम्रो निर्णय अनुभवबाट प्राप्त हुन्छ । तर दुर्भाव्यवश अनुभवको जन्म गलत निर्णयबाट हुन्छ ।
रीटा माए ब्राउन
अर्थ( डबलीबाट।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया