

एकदिवसीय क्रिकेटमा आज नेपाल अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।
ओमानको अल अमिरात क्रिaकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ।
अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ। तर, बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन। कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका छन।
ुअमेरिका राम्रो छ। चार नयाँ खेलाडी छन्। उनीहरुले पीएनजीसँग राम्रो खेलेको थियो। सजिलो हुन्छ जस्तो लाग्दैन। खेल कठिन हुन्छ जस्तो लाग्छ,ु मल्ल भन्छन्, ुतालिकामा दोस्रो स्थानमा समेत रहेको छ। यो अवस्थामा केहि फरक पर्छ जस्तो लाग्छ।ु
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो। जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ। अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ।
तर, ओमानको अवस्था फरक भएको कारण विगतको भन्दा खेल फरक हुने कप्तान मल्लले बताए। सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।
त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी ९पीएनजी० सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २(० ले जितेको थियो। त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा नेपालले ओमानसँग आइतबार खेल्नेछ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया