

एमसीसी बिरुद्ध जितपुरमा ७ दलको बिरोध



कपिलवस्तु ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध कपिलवस्तुका विभिन्न सात राजनैतिक दल र तिनका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
बाणगंगाको चारनम्बर चोकमा ७ राजनितिक दल र तीनका भातृ संगठनहरुको संयुक्त आयोजनामा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए भने सोही अनुसार आज विरोध प्रर्दशन गरेका हुन् ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यस्ता सम्झौतालाई आम नेपाली नागरिकले कहिले पनि स्वीकार नगर्ने जिकीर गरेका थिए । उनीहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास गराउने चलखेल भएको र विदेशी हस्तक्षेप बढ्दै गएको प्रति आपत्ति जनाएका थिए । (एमसीसी) नेपालको हितमा नभएको बताउदैं तत्काल खारेज हुनुपर्ने माग गर्नु पर्ने प्रदर्शनकारीहरुले माग गरेका थिए । उनीहरुले वैदेशीक हस्तक्षेप बन्द गर्न माग गर्दै भरतीय पक्षको ज्याजतीको चर्को विरोध समेत गरेका छन् ।
यस्तै प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा जिल्लाका युवा, बुद्धिजिवी, व्यापारी, देशभक्त, क्रान्तिकारी र बामपन्थी नागरिकलाई सशक्त रुपमा अघि बढ्न आह्वान गरेका छन् । एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई लागू गर्न नहुने माग सहित जिल्लाका ७ कम्युनिष्ट घटकले विरोध प्रर्दशन गरेको जनाईएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया