

एमालेसँग एक्लै चुुनाव लड्ने हिम्मत कोहीसँग छैन : नेता रायमाझी



कपिलबस्तु ।
राष्ट्यि अखण्डता, विकास र समृद्धिको पक्षमा, नेपाली जनताको पक्षमा नेकपा एमाले निरन्तर उभिएको नेकपा एमाले स्थायी कमिटी सदस्य, मोर्चा विभाग प्रमुख तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझिले बताउनुभएको छ । उहाले देशको भविष्य युवाको कांधमा आएकोले युवा नेतृत्व दृढताका साथ लाग्नुपर्ने औल्याउनुभयो । राष्ट्यि युवा सघं नेपाल लुम्बिनी प्रदेश कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
उहाले अहिलेको सरकार बनाउदा कांग्रेस, माओवादी लगाएतका दलले महागठबन्ध गरि बनाएको बताउदै आगामी चुनावमा एमालेसंग एक्लै एक्लै लड्न चुनौति दिनुभयो । उहाले नेकपा एमाले नेपालको इतिहासमा सबै भन्दा ठुलो पार्टी भएकोले एमालेसंग एक्लै एक्लै चुुनाव लड्न हिम्मत कसैसंग पनि नभएको जिकिर गर्नुभयो बताउनुभयो ।
साथै उहाले पार्टी भित्र रहेका केहि कसिंगर हटेर गएको बताउदै अहिले बनेको एमाले सुदृढ एमाले भएको बताउनुभयो । यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा प्रदेश पुर्व मन्त्री लिला गिरीले बोल्दै केपी ओली सरकारले गरेको लोकप्रिय कामलाई देखेर विपक्षीहरु देशी विदेशी शक्तिको आडमा विभिन्न षडयन्त्र रचेर घेराबन्दीमा पारी काम गर्न नदिएको बताउनुभयो । उहाले कम्युनिष्ट पार्टीलाई खण्डीत गर्नुको औचित्य प्रचण्डले पुष्टी गर्नुपर्ने बताउनु भयो यद्यपी पुष्ट गर्न नसकेको खण्डमा पुरै अपजस प्रचण्डले लिनुपर्ने औल्याउनुभयो । त्यस्तै उहाले माधव नेपाल प्रति इंकित गर्दै डमि नेताको रुपमा अगाडी बढेको बताउदै १५ बर्ष सम्म पार्टीको नेतृत्व गर्दा केही काम गर्न नसकेको औल्याउनुभयो । साथै उहाले आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट परास्त सत्ताच्युत गर्न विपक्षीको पक्षमा भोट दिएकाले इतिहसमा जनतालाई जवाफ दिनुपर्ने औल्याउनुभयो ।
यसैगरी राष्ट्यि युवा सघंका केन्द्रिय अध्यक्ष किरण पौडेलले बोल्दै युवा सघं सधै पार्टी नेतृत्वको रक्षा कवचको रुपमा अगाडी बढ्ने बताउनुभयो । उहाले जनतालाई हृदयमा र पाटीको निर्देशनलाई शिरमा लिएर हिड्ने सिपाही रहेको बताउदै उहाले अबको निर्वाचनमा फेरी पनि पार्टीलाई २ तिहाईको बहुमतका साथ जिताउने दाबी गर्नुभयो । साथै उहाले राष्ट्यिताको सन्दर्भमा नेपाली जनताले अहिले सम्म पनि महशुस गर्न नसकेका काम ओली सरकारको पालामा सम्पन्न भएको दाबी गर्नुभयो ।
यस्तै कार्यक्रमलाई राष्ट्यि युवा संघका उपाध्यक्ष सुमन पुरीले सम्बोधन गर्दै नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने प्रचण्ड नै भएको बताउनुभयो । उहाले पनि माधव नेपाल प्रति इंकित गर्दै घाउमा जम्मा भएको पिप आफै बगेर गएको बताउदै पार्टी अहिले शुद्ध र सफा भएको जिकिर गर्नुभयो । साथै उहाले ओली सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्न र विरोधि विपक्षी दलले गरेका भष्टचार, अनियमितताको भाण्डाफोर गर्न युवपक्तिलाई आग्रह समेत गर्नुभयो ।
नविनता, सृजनशिलता र गतिशिलताका नाराका साथ सम्पन्न भएको बैठकले विभिन्न महात्वपुण निर्णय समेत गरेको छ । लुम्बिनी प्रदेश कमिटीको पुर्ण बैठकमा प्रदेशका १२ वटै जिल्लाको सहभागिता रहेको थियो भने राष्ट्यि युवा संघका स्थायी कमिटी सदस्य गोपालमणी ज्ञवालीको नेतृत्वमा कपिलबस्तुबाट पनि केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो । बैठक प्रदेश कमिटी सहसंयोजक विनोद ओलीको संचालन , जिल्ला अध्यक्ष मनोज गौचनको स्वागत मन्तव्य तथा केन्द्रिय सचिव, प्रदेश संयोजक तुल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया