

थारु जातीहरुले आज ‘बड्की अट्वारी’ मनाउँदै


कपिलवस्तु।
आज थारु जातीहरुले बड्की अट्वारी पर्व धुमधामपूर्वक मनाउँदै छन् । यो पर्व थारु जातीको बाहुल्यता रहेका तराईका जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइन्छ । आइतबार थारु समुदायका मानिसहरु एक आपसमा भेला भएर मिठामिठा परिकार, मिठाई आदि खाएर एक आपसमा शुभकामना साटासाट गर्ने गर्दछन् ।
थारु समुदायको लोकप्रिय चाड माघि पछि बड्की अट्वारीलाई लिने गरिन्छ । कपिलवस्तुमा पनि थारु समुदायमा यसको विशेष रौनक छ । बिभिन्न संघसंस्था तथा उद्योग धन्दामा काम गर्ने मजदुर तथा व्यक्तिलाई आज विदा दिने चलन छ । उनीहरु दिनभर बिभिन्न मिठामिठा भोजनहरु गरी साँझ धुमधामपूर्वक नाचगान गर्ने गर्दछन् ।
थारु समुदायले आइतबार मनाउने बड्की ‘अटवारी’ पर्वमा कपिलवस्तुको वाणगंगा नगरपालिका मातहातका कार्यलयहरु आइतबार बन्द हुने भएका छन् ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया