

गृहमन्त्रीको सहयोगमा प्रहरीमा नाम निकालेको बताउने युवक पक्राउ

प्यूठान ।
गृहमन्त्री र जिल्ला उपसभापतिको सहयोगमा प्यूठानका ११ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको हल्ला फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्यूठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङले फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालको सहयोगमा प्यूठानबाट ११ जनासहित देशभरका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्कन सफल भएको भन्दै धन्यवाद दिएका थिए । गुरुङको स्टाटसपछि गृहमन्त्री खाँड र जिल्ला उपसभापति लम्सालको चौतर्फी विरोध भएको थियो ।
गुरुङलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपाली कांग्रेस प्यूठानले पनि विज्ञप्ति निकालेर लोकसेवाले लिने परीक्षामा गृहमन्त्री र कांग्रेसका जिल्ला उपसभापतिको नाम मुछेको भन्दै गम्भीर आपत्ति जनाएको थियो ।
उपसभापति बद्रि लम्सालले कांग्रेसको महाधिवेशन आउँदै गर्दा आफूलाई बदनाम बनाउने उद्देश्यले गुरुङले हल्ला फैलाएको बताएका छन् ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया